विराटनगर ।
झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् ।
काम गर्ने क्रममा आज बिहान साढे ११ बजे २ तला माथिबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको थियो ।
साथै घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।