विराटनगरको हिमालय दर्शन कलेजद्धारा सेमेस्टर टपर विद्यार्थीलाई सम्मान

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेजद्धारा</span> <span class='c2'>सेमेस्टर टपर विद्यार्थीलाई सम्मान</span>

विराटनगर । त्रिभुवन विश्व विद्यालयले लिएको परीक्षामा सेमेस्टर टपर गर्ने विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ ।


कलेज परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि ८ जना सेमेस्टर टपर गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो ।
बिएस्सी, सिएसआइटी फस्ट सेमिस्टरका हिमाङसु दाहाल, थर्ड सेमिस्टरमा अनिश भत्त जोशी र पाँचौं सेमिस्टरका रामसिस कामतलाई नगद सहित कलेजले सम्मान गरेको छ ।
यसैगरि बीआइएम थर्ड सेमिस्टरका कैलाश यादव, फस्ट सेमिस्टरका दिपा साह र पुष्पा साह, बिएचएमको फस्ट सेमिस्टरका दिपेन्द्र अधिकारी, बिबिएस चौथो वर्षका गुन्जन गुप्तालाई कलेजले सम्मान गरेको छ । यसैगरि माइक्रोसप वल्ड च्यापियन हुने अनिश भक्त जोशीलाई पनि कलेजले सम्मान गरेको छ ।
सम्मानित भएका विद्यार्थीहरूलाई कलेजले सेमिस्टरमा लाग्ने २५ प्रतिशत छात्रवृत्ती दिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका निर्देशक भेषराज पोखरेल, शैलेन्द्र सिवाकोटी, संचालकहरु ज्ञानबहादुर खड्का, लक्ष्मण ढकाल, आइटी डिपाटमेन्ट प्रमुख सुमित साह, व्यवस्थापक प्रमुख भुपाल मिश्रा लगायले विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्