अपडेट: विराटनगरमा ‘ डोमिनोज पिज्जा ‘को शाखा नभएको जानकारी

अपडेट: विराटनगरमा ‘ डोमिनोज पिज्जा ‘को शाखा नभएको जानकारी

विराटनगर।

प्रदेश १ को राजधानी बिराटनगरको ट्राफिक चोकस्थित गणेश बजारमा 'डोमिनोज पिज्जा 'को शाखा बिस्तार भएको भनेर आवर विराटनगरमा आएको खबर असत्य भएको जानकारी प्राप्त भएको छ।

उक्त स्टोरको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले रिबन काटेर उद्घाटन गरेका थिए । संचालक मो. मक्सुदले आवर विराटनगरलाई डोमिनोज पिज्जाको आधिकारिक स्टोर भएको दाबी गरेको आधारमा समाचार प्रकाशन गरिएको थियो

आवर बिराटनगरसंग कुरा गर्दै मक्सुदले,' मोफसलका क्षेत्रमा हेर्ने हो भने आम सर्वसाधारणहरुले सुफथ मुल्यमा स्वादिष्ट पिज्जा खाने ठाउँको अभाव भएको महसुस गरेर आफुले ' डोमिनोज पिज्जा 'को फ़्रेञ्चाइज्ज बिराटनगरमा सुरु गरेको भनेर बताएका थिए ।

खबर पश्चात हामीले संचालकलाई सम्पर्क गर्दा आधिकारिक फ्रेन्चाईज नभएको स्विकार गर्दै देल्लीमा शुल्क तिरेर नाम प्रयोग गर्ने अधिकार लिएको दाबी गरेका छन् । उनले आफुसँग उक्त कागजपत्र रहेको समेत आवर विराटनगरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्