विराटनगरको काली मन्दिर यसपटक खुला गरिने , भक्तजनले अनिवार्य माक्स लगाउनुपर्ने

विराटनगरको काली मन्दिर यसपटक खुला गरिने , भक्तजनले अनिवार्य माक्स लगाउनुपर्ने

विराटनगर । गत बर्ष कोभिड १९ का कारण विराटनगरको काली मन्दिरमा रोकिएको वडा दशैं महोत्सव (नौराथा) यसपटक भने स्वास्थ्य मापदण्डको ख्याल गर्दै मनाईने भएको छ ।


श्री कालीमन्दिर व्यावस्थापन समिति विराटनगरले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी गत बर्ष रोकिएको वडा दशै महोत्सव यसपटक भने भक्तजनहरुलाई व्यावस्थित तरिकाले दर्शन तथा पुजा गरी मनाउने तयारी रहेको जनाएको छ ।
कोरोनाको ख्याल गर्दै यसपटक मन्दिरमा प्रवेश गर्ने भत्तजनहरुलाई अनिवार्य माक्स लगाउनुपर्ने साथै सामाजिक दुरी कायम गरि मन्दिरमा दर्शन गर्नुपर्ने कालिमन्दिर व्यावस्थापन समितिकी अध्यक्ष डा. मिनाक्षी नेपालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यस पटक मन्दिरमा कुनै पनि किसिमका भजन किर्तन गर्न नपाईने, अगरबत्ती तथा जल समेत चढाउन नपाईने कालि मन्दिर व्यावस्थापन समितिले जनाएको छ ।
मन्दिर व्यावस्थापन समितिले भने बली दिने काम भने नरोकिएको अध्यक्ष नेपालले बताउनुभयो ।

विराटनगरको एक प्रमुख शत्तिपिठको रुपमा रहेको काली मन्दिरमा मोरङ सुनसरीका हजारौ श्रद्धलुभत्तजनहरुको मन्दिरमा पुजापाठ गर्नको लागी आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्