विराटनगरमा धम्की दिएर रकम माग गर्ने दुईजना पक्राउ

<span class='c1'>विराटनगरमा धम्की दिएर रकम</span> <span class='c2'>माग गर्ने दुईजना पक्राउ</span>

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा व्यवसायीलाई धाकधम्की दिएर रकम उठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विराटनगर १२ बस्ने २७ वर्षीय शम्भु पासवान र विराटनगर–११ का २८ वर्षीय अजय पासवानलाई प्रहरीले बसपार्कबाट हिजो नियन्त्रणमा लिइएको हो ।

उनीहरुले धाकधम्की दिएर उठाएको नगद दश हजारसहित समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले व्यवसायीलाई फोन गरेर तर्साउन प्रयोग गरिने दुईजना मोवायल समेत नियन्त्रणमा लिइएको छ । उनीहरु विरुद्ध अपराधिक लाभ लिएको कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरुगरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्