विराटनगरमा अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक

विराटनगरमा अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक

प्रदेश १ को आयुर्वेद विशेषज्ञता भएको विराटनगरको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" मा सबै पंचकर्म थेरापीहरुमा १५ प्रतिशत छुट अफर उपलब्ध गराईरहेको छ ।
आयुर्वेद विशेषज्ञता भएका विशेषज्ञ डाक्टरको सेवा उपलब्ध रहेको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" विराटनगरमा दशैं, तिहार र छठ पर्वको अवसरमा उक्त छुट प्रदान गरिएको हो ।

क्लिनिकका संचालक डाक्टर प्रकाश लिम्बु आफै बिएएमएस गर्नु भएका जनरल आयुर्वेद फिजिसियन र छाला रोग, केश रोग तथा क्षारसूत्रमा विशेष तालिमप्राप्त डाक्टर हुनु हुन्छ ।
उहाँको साथै बिएएमएस र एमडी गर्नु भएका पञ्चकर्म विशेषज्ञ डा मिसान्त ढकालले यस क्लिनिकमा हाल सेवा दिदै आउनु भएको छ ।

विराटनगरको धरान रोड घाँस चौक, भट्टी मोडमा अवस्थित यस क्लिनिकमा विभिन्न प्रकारका रोगहरुको आयुर्वेदिक उपचार गराउने गरेको संचालक डाक्टर प्रकाश लिम्बुले दाबी गर्नु भयो । उहाँले क्लिनिकमा दाद, दूवी, एलर्जी, डण्डीफोर, केश झर्ने, चाया, पोतो, सोरिएसिस, आदि छाला रोगहरु त्यसै गरी पाइल्स, फिस्सर, फिस्टुला आदि मलद्वारका रोगहरुको उपचार हुनेजानकारी दिनुभयो ।

साथै नसा च्यापिएको, हड्डी खिइएको, वाथ रोग, युरिक एसिड आदि हाड, जोर्नी रोगहरु, मोटोपन, बाझोपन, चिनी रोग, प्रेसर, थाइराइड र अन्य हार्मोनल रोगहरु
दम, पीनास, निमोनिया र अन्य श्वास-प्रश्वासका रोगहरुका साथै ग्यास्ट्रिक, गानो, कोलाइटिस, अपच आदि पाचन सम्बन्धी रोगहरु, अनिद्रा, स्ट्रेस , डिप्रेशन र अन्य नसा रोगहरुको विधिपूर्वक आयुर्वेदिक उपचार गरिने दाबी संचालकको छ ।

उहाँको अनुसार आफुहरुले क्षारसूत्र र विभिन्न पञ्चकर्म थेरापीहरु प्रयोग गरेर रोगलाई जरैबाट निर्मूल गर्ने गर्नु हुन्छ ।
साथै रोग अनुसार शिरोधारा, स्टिम बाथ, जानु बस्ति, कटी बस्ति, वमन, विरेचन, रक्तमोक्षण, लिच थेरापी, नस्य, आग्निकर्म आदि सबै पञ्चकर्म थेरापी समेत गरिने संचालकले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्