जानकी फर्निचर बिराटनगरद्वारा ‘ बि वान ‘ नामक नयाँ आउटलेट संचालनमा

जानकी फर्निचर बिराटनगरद्वारा  ‘ बि  वान ‘ नामक नयाँ आउटलेट संचालनमा

विराटनगर।

लामो समयदेखि फर्निचर को दुनियाँमा उत्कृष्ट सेवा दिंदै आएको बिराटनगरको जानकी फर्निचर उद्योगले ' बि वान ' नामक नयाँ आउटलेट संचालनमा ल्याएको छ । सो को उद्घाटन रिबन काटी बिराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभएको संचालक पुनित पौडेलले जानकारी दिए।

आवर बिराटनगर संग कुरा गर्दै संचालक पौडेल भन्छन् ,' झन्डै ३ दशकदेखि बिराटनगर लगायत आसपासका क्षेत्रमा आफ्ना ग्राहकहरुलाई रुचि अनुसारका अर्डर अनुसारका फर्निसिंगका सामाग्रीहरु उपलब्ध गराउंदै आएको भएपनि फर्निचर जगतमा एउटा नयाँ संसार बनाउने उद्धेश्यले हामीले यस आउटलेटमा ' इको जर्मिक ' अर्थात मानिसको मेरुदण्डको आकारमा बनाइएका रसियन बोल्टद्वारा कसिएका कुर्सीहरू राखेका छौं जुन बीसौं वर्षसम्म आरामदायी तरिकाले प्रयोग गर्न सकिन्छ । साथै यस कुर्शिले ७ सय देखि ८ सयसम्म भार थाम्न सक्छ र यदि २ वर्षको अन्तरालमा कुर्सीमा केहि समस्या देखा परेमा वा बिग्रिएमा हामि त्यसको सट्टामा अर्को नयाँ कुर्शी दिनेछौं ' ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्