विराटनगरमा शंकास्पद मानव खप्पर लगायतका हाड बरामद

<span class='c1'>विराटनगरमा शंकास्पद मानव खप्पर</span> <span class='c2'>लगायतका हाड बरामद</span>

विराटनगर महानगरपालिका वार्ड नम्बर १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटीएको सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै उक्त भ्यान ब्याक गरी उक्त भ्यान छाडी चालक फरार भएपछी सो भ्यानभित्र जाँचगर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाकोहड्डि जस्तो देखिने बस्तु १० वटा फेला परेपछि उक्त भ्यान समेत बरामद गरिएको हो ।

बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडीकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरिक्षण गर्दा उक्त बस्तु मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् ।
बरामद हड्डि तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्