दसैँ बिदामा पनि हरेक दिन चार घण्टा सर्वोच्च खुल्ने

<span class='c1'>दसैँ बिदामा पनि हरेक दिन</span> <span class='c2'>चार घण्टा सर्वोच्च खुल्ने</span>

सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।

घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्न लागिएको हो । सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठकले दसैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने र त्यसका लागि न्यायाधीशहरू तोक्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्