बसको ढोकाबाट खसेर सह-चालकको मृत्यु

<span class='c1'>बसको ढोकाबाट खसेर</span> <span class='c2'>सह-चालकको मृत्यु</span>

विराटनगर।

धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् ।

भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा हिजो उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो ।

बस र बस चालक भोजपुर अरुण गाउँपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठ ईलाका प्रहरी कार्यालय पाख्रीबासको धनकुटाको नियन्त्रणमा राखिएको छ । साथै घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्