काठमाण्डौं । अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र“प्रेमगन्ज”को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ । यस भन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छाँयाकन भएको हो । अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्नेछ जुन दशै पछिको कार्यतालिका अनुसार काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा हुनेछ ।
सामान्यतया नेपाली चलचित्रको छायाकंन ४० दिनको रहने गर्छ । अझ धेरै जस्तो चलचित्र त २५ देखि ३० दिनमात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छाँयाकन चल्ने छ ।
अन्य तीन वटा नेपाली चलचित्र खिचेझै तपाइँले यस्मा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो ? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने “अन्य नेपाली चलचित्रमा पचपन्न देखि एक सयको हराहारी सम्म्को दृश्य संख्या हुन्छ । यसमा ए÷बि सहित ३५० दृश्य छ । लगभग दस हजार सट छ । त्यस मध्येपनि लोकेशन अतिनै सिफ्ट छ । त्यसकारण पनि धेरै दिन लागेको होला त्यो बाहेक त्यस्तो अरु कुनै विशेष कारण नभएको बताए ।
तीन सय पचास दृश्य र दसहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ । सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जयलामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।