कोशी अस्पतालमा पाँच तले सुविधायुक्त भवन बन्ने, स्वास्थ्य मन्त्रि श्रेष्ठद्वारा शिलन्यास

कोशी अस्पतालमा पाँच तले सुविधायुक्त भवन बन्ने, स्वास्थ्य मन्त्रि श्रेष्ठद्वारा शिलन्यास

विराटनगर ।

कोशी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तलाको भवनको शिलन्यास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले कोशी अस्पतालको नयाँ बन्ने भवनको बिहीबार एक समारोहको बिच शिलन्यास गरेका हुन् ।

चार कठ्ठा २ धुर जमिनमा बन्न लागेको भवन कुल ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँमा अन्टरग्राउण्ड सहितको पाँच तलाको सुविधा सम्पन्न बन्न लागेको हो जसको पहिलो तलामा भने आकस्मिक कक्ष हुनेछ ।

अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किङ्ग हुने स्टीमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोक कुमार रामले जानकारी दिए । दोस्रो तलामा एचडियूसहितको डाइलोसेस लगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्या हुनेछ । यसैगरि चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ ।

पहिलो चरणमा संघिय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा रमन भूमिले ठेक्का पाएको हो ।

पहिलो चरणमा पाँच तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हुदै जानेछ । मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौ तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शैय्या पुर्याउने कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिए ।

रमन भूमी बिआइपिएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगर बीच गत असारमा सम्झौता भएको थियो । सम्झौता भएको दुई महिनामा पछि निर्माणको काम अगाडी बढेको थियो ।

क्षयरोग संस्थाले समयमै साइट किलियर नहुदा भवन निर्माण सम्झौता भएको दुई महिना ढिलो गरि काम सुरु भएको हो । निर्माण कम्पनीका कृष्ण बोहोराले आयोजना, अस्पताल र सबैको साथ सहयोग पाए तोकिएको मिति भन्दा चाँडै निर्माण गरि हस्तान्तरण गरिने बताए । ‘अस्पताल भनेको जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ठाउँ हो । त्यहीले हामीले गुणस्तरलाई ध्यान दिएर सम्झौता भन्दा अगाडी निर्माण प्रक्रिया पूरा गरि हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘त्यसको लागि सबैको साथ सहयोगको आवश्यक पर्दछ ।’
भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्