मुख्यमन्त्री आचार्यद्वारा दशैंको शुभकामना

मुख्यमन्त्री आचार्यद्वारा दशैंको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले वडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले दशैंको शुभकामना दिएका हुन् । शुभकामना सन्देश मार्फत उनले नेपालीहरुको महान चाडले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले कोरोना संक्रमणको जोखिम अन्त्य नभईसकेको हुनाले सबैलाई नेपाल सरकारद्धारा जारी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
‘आफू र आफ्नो परिवार समेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गरेर मात्र चाडपर्व मनाउन सबैलाई अनुरोध गर्दछु ।’– मुख्यमन्त्री आचार्यद्धारा जारी सन्देशमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्