विराटनगरको दुर्गा मन्दिरको दोश्रो साधारणसभा सम्पन्न

विराटनगरको दुर्गा मन्दिरको दोश्रो साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर – १२ मा रहेको श्री नवदुर्गा मन्दिर सेवा समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

मन्दिर परिसरमा एक कार्यक्रम आयोजना साधारणसभा सम्पन्न भएको हो । विराटनगरको मंगलबारे होटलमा रहेको यो मन्दिरको नयाँ पक्कि भवन बन्ने भएको छ । पक्की भवनको लागि विराटनगर महानगरपालिका, वडा कार्यालय र स्थानिय मनकारी व्यक्तिहरुको सहयोगमा निर्माण हुने मन्दिरको सचिब सधानन्द कामतले जानकारी दिए ।

साधारणसभामा भने विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत, श्री नवदुर्गा मन्दिर सेवा समितिको अध्यक्ष जमाहार कामत, उपाध्यक्ष हरिप्रसाद भट्टराई, आजिवन सदस्य गणेश निरौला, जग्गा दाता मिरा अर्यालको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्