विराटनगर । उद्योग संगठन मोरङले इकोनोमिक ग्रोथ–आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनले औद्योगिक तथा शैक्षिक क्षेत्र बिचको अन्तरसंवाद अभिवृद्धि गरि अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योग संगठन मोरङ स्व. महेन्द्र गोल्छाले देखाएको बाटोमा अघि बढेको बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक र शैक्षिक क्षेत्र बिचको अन्तरसंवादलाई घनिभूत बनाउँदै लैजानुपर्ने सुझाव दिए ।
कार्यक्रमका उद्योगी नविन पोद्दारले एक कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढावा दिएका मुलुकले आर्थिक सम्पन्नता प्राप्त गरेको तर्क गरे । उनले आन्तरिक बजारमा स्वदेशी वस्तुको प्रवद्र्धन गरि तुलनात्मक लाभ र मूल्य अभिवृद्धि हुने वस्तुको पहिचान गरी निर्यात प्रोत्साहनको नीतिलाई अङगिकार गरेका राष्ट्रहरुले नै दु्रत गतिमा आर्थिक समृद्धि हाँसिल गरेको जानकारी दिए ।
कार्यक्रमका प्रदेश नं. १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सरकार, नीजि क्षेत्र र विश्वविद्यालयको त्रिपक्षीय साझेदारीलाई आधार बनाएर आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्नेमा जोड दिए । उनले औद्योगिक विकासले राष्ट्रलाई आर्थिक रुपमा सबल बनाउनुका साथै रोजगारीका नयाँ अवसरहरुको समेत सिर्जना गर्ने भएकाले सम्बन्धित सबै पक्षले हातेमालो गरि अगाडी वढनुपर्ने सुझाव दिए ।
कार्यक्रममा भने स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन अनुसन्धान केन्द्रका संयोजक प्रा. डा. विजु थपलिया, सदस्य युक्ति गोल्छा, सदस्य सचिव चुडामणि भट्टराई र फोकल पर्सन प्रीति कोईराला भट्टराईका साथै उद्योगी÷व्यवसायी, प्राध्यापक र विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।