पुर्वाञ्चल ट्रिपर व्यवसायी संघको सम्पर्क कार्यालय आजबाट बिराटनगरमा

पुर्वाञ्चल ट्रिपर व्यवसायी संघको सम्पर्क कार्यालय  आजबाट बिराटनगरमा

विराटनगर।

आकृति रानी फुयल।

विगत ८ वर्षदेखि पूर्वको इटहरीमा संचालनमा रहेको पुर्वाञ्चल ट्रिपर व्यवसायी संघले प्रदेश १ को राजधानी बिराटनगरमा आजबाट आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गरेको छ।

आवर बिराटनगरसंग कुरा गर्दै संघका महासचिब सन्दिप कुमार सिंह भन्छन् ,' २०७० सालदेखि संचालनमा रहेको यस संघको कार्यालय इटहरीमा भएकाले बिराटनगर र सो आसपासका क्षेत्रमा रहेका सेवाग्राहीहरुलाई सहज हिसावले सेवा दिने उद्धेश्यका साथ आजबाट बिराटनगरको पुष्पलाल चोकमा सम्पर्क कार्यालय खोलिएको छ '। उक्त कार्यालय संघका संस्थागत अध्यक्ष टेक बहादुर कार्की (गोपाल ) को हातबाट रिबन काटी सम्पर्क कार्यालय खोलिएको सिंहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्