विराटनगरमा आजबाट ‘गुरु–जी फूड डेलिभरी’ सुरु

<span class='c1'>विराटनगरमा आजबाट ‘गुरु–जी</span> <span class='c2'>फूड डेलिभरी’ सुरु</span>

विराटनगर।

खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ ।

आवर बिराटनगर संग कुरा गर्दै बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदेश १ को राजधानी विराटनगरको सेन्ट्रल मल र सुनसरीको इटहरीबाट सेवा सुरु गरिएको गुरु जी फुड डेलिभरीका बजार व्यवस्थापक सुशान्त दहालले जानकारी दिए । काठमाडौंमा भने यो सेवा तिहारपछि सुरु हुनेछ ।

त्यसैगरी आजबाट सेवा सुरु गरेको ‘गुरुजी फुड डेलिभरी’ ले सुरुवाती समयमा किरानाका सामन, रेष्टुराका खानाहरु , लोकल कुखुरा , अण्डा, त्यसैगरी मदिराजन्य पेय पदार्थ (लिक्वर्स) हरु डेलिभरी गर्नेछ ।

साथै डेलिभरी भएका खानेकुरामा १५ प्रतिशत छुट र डेलिभरी निःशुल्क गरिने व्यवस्थापक दाहालले बताए । एप लन्च भैसकेकाले त्यसलाई जारि राख्न अहिले हामि सिमित कुराहरु मात्र डेलिभर गर्नेछौं तर अबको डेढ महिना भित्रमा हामि अन्य सामाग्रीका डिलरहरुसंग पनि समन्वय गरि थप सेवा बिस्तार गर्ने योजनाका साथ अघि बढेका छौं।

यो सेवा पाउनका लागि मोबाइल बाहकले प्लेस्टोरबाट ‘गुरुजी फूड डेलिभरी एप’ डाउनलोड गरेर त्यसमा एकाउण्ट खोल्नुपर्ने वा एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि गुरुजी एपलाई फेसबुक वा इन्स्टाग्राम एपमा शेयर गर्नुपर्नेछ ।


यो अफर अन्तर्गत एक विजेताले स्मार्टफोन उपहार पाउनेछन् । त्यस्तै ५ विजेताले एक हजार रुपैंयाँको फूड भौचर पाउनेछन् । त्यस्तै १० विजेताले पाँच सय रुपैंयाँ बराबरको फूड भौचर पाउनेछन् ।

‘गुरुजी फूड डेलिभरी’ले आफ्ना परिवार तथा नजिकका साथीभाईलाई यो सेवा लिनका लागि प्रोत्साहन वा सिफारिस गर्न भनेको छ । यो अफर यही कार्तिक १५ गतेसम्म लागु हुनेछ । यसको नतिजा भने कार्तिक १८ गते लक्ष्मीपूजाको दिन सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्