बिराटनगर।
बिराटनगरमा बिभिन्न सेवा एकै स्थानबाट प्रदान गर्ने उदेश्य सहित बिराटनगर-१ ठुलो मिल चोकमा सुमी स्टेसनरी संचालनमा आएको छ । बिभिन्न सरकारी रोजगारीका लागि फरिने अनलाइन फारम , बिभिन्न कक्षाका लागि ट्रान्सक्रिप्ट , माइग्रेसन लगायतको प्रमाणीकरण गर्ने सेवा साथै स्टेसनरीका सम्पूर्ण सामान एकै ठाउँमा पाइने गरी उक्त सेवा संचालनमा आएको हो ।
लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभव सहित बिराटनगरका मिलन चौलागाईंले उक्त सेवा संचालनमा ल्याएका हुन् ।
बिभिन्न कलेज तथा स्कुलका पुस्तक तथा अन्य शिक्षा सामग्री समेतको बिक्रीवितरण गर्ने उदेश्यका साथ सम्पूर्ण शिक्षासंग समन्धित सेवा दिने उदेश्यले बिराटनगरमा उक्त संस्था संचालनमा ल्याइएको चौलागाईंले बताए ।