दुहबीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

<span class='c1'>दुहबीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>एकजनाको  मृत्यु</span>

विराटनगर।

दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् ।

हिजो बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको एनएल ०२ क्यु ०१३४ नम्बरको एल पी ग्यास बोक्ने ट्रकले सोही दिशातर्फ जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार ताति ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा राखी घटना बारेमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्