संखुवासभा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

संखुवासभा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

विराटनगर।

संखुवासभा खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, भएको छ भने सहचालक घाईते भएका छन् ।

मृत्यु हुनेमा संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय चालक मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको घोपा धरानमा उपचार भईहेको छ ।

चेवाबाट चारबर तर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर हिजो राती सँवा ८ बजे आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली गई दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको हो । सो दुर्घटबाट गम्भिर घाईते भएका चालकको भने जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो त्यसैगरी घाईते सहचालकलाई थप उपचारको लागी धरान पठाईएको छ ।

ट्याक्टर घटनास्थलमानै रहेकोले निकाल्न पहल भईरहेको साथै घटना सम्बन्धमा कानुनि प्रकृया तथा अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्