विराटनगरमा ‘फ्युजन बार ग्रिल ’ संचालनमा जहाँ पाइन्छ ‘टिपिकल’ परिकार

विराटनगरमा ‘फ्युजन बार ग्रिल ’ संचालनमा जहाँ पाइन्छ ‘टिपिकल’ परिकार

विराटनगर । पछिल्लो समय विराटनगरमा एक पछि अर्का होटल तथा रेष्टुरेष्ट खुल्ने क्रममा जारी छ । यसैक्रममा नेपाली टिपिकल परिकार खाने पारखीहरूको लागि विराटनगरमा ‘फ्युजन बार एण्ड ग्रिल होटल’ संचालनमा आएको छ ।


विराटनगर बसपार्क नजिक रहेको रत्ना होटल भित्र पाँच करोड बढी लगानीमा छुट्टै टिपिकल परिकार पाइने फियुजन बार एण्ड ग्रिल होटल घटनस्थपनाको दिनदेखि संचालनमा आएको हो ।
विराटनगरका चिर्चित फिजिसियन डा. दिपक सिग्देल र रत्ना होटलका संचालक रोशन थापाले संयुक्त रूपमा रिवन काटेर उदघाटन गरेका थिए । लामो समय सम्म होटल सम्बन्धी अनुभव बटुलेका ईलामका जुद्ध विक्रम कुँवरले संचालनमा ल्याएपछि कार्यक्रमका अतिथिदयले शुभकाना समेत दिएका थिए ।


शान्त बातावरण रहेको होटलमा नेपाली मौलिक टिपिकल परिकारहरू मात्र पाइने संचालक जुद्ध बिक्रम कुँवरले जानकारी दिए । युवा व्यवसायी कुवरले ग्राहकहरूलाई नयाँ स्वाद दिने उद्देश्यले मौलिक र टिपिक परिकारहरू मात्र राखिएको बताए ।
‘नेपाली टिपिकल खाने पारखीहरू थुप्रै रहेका छन्,’ उनले भने, ‘नयाँ स्वाद दिनको लागि टिपिकल परिकारहरू मात्र पाइने होटल संचालनमा ल्याएको हो ।’ होटलमा सेकुवा, खसी, कुखुरा र बदेलको सम्पूर्ण परिकार पाइनेछ ।
‘होटलमा लामो समय सम्म अनुभवी प्राप्त कुक तथा वटेरहरु रहेका छन् । उनले यसअघि पनि विराटनगरको मुनालपथमा इलामेली कँुवर खाजा घर नाम दिएर सात वर्षदेखि टिपिकल परिकारहरु बेच्दै आएका थिए । त्यसबेला दैनिक १ सय केजी मासु बिक्री गर्ने गरेको उनले सुनाए ।
त्योसंगै विभिन्न कार्यक्रम आयोजना गर्नका लागी मिनीदेखी अन्य ठूला कार्यक्रम आयोजना गर्नको निम्ती पनि सुविधा युक्त हलहरुको समेत व्यावस्था रहेको कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्