मिल्स भेट्रान्स फुटबल: मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

मिल्स भेट्रान्स फुटबल: मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

विराटनगर ।

विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मर्निङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

जितको लागि मनिङको तर्फबाट सुरज श्रेष्ठ, बिमल गुरुङ १-१ गोल गरेका थिए भने डेनिफ राईले दुई गोल गरेका थिए । तालिम केन्द्रकोे तर्फबाट सुर्य तामाङले सान्तवना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच मर्निङको बिमल गुरूङ घोषित भए । शुक्रबार दिउँसो साढे २ बजे टिडब्लुवाइसि र विराटबुद्ध फुटबल क्लब बिच प्रतिस्पर्धा हुने संयोजक प्रभाकर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्