विराटनगरको दक्षिणगेटमा भारतीयको दादागिरी, नेपाल तर्फ फोहोर फाल्न डोजर चलायो

विराटनगरको दक्षिणगेटमा भारतीयको दादागिरी, नेपाल तर्फ फोहोर फाल्न डोजर चलायो

विराटनगर ।

विराटनगर रानी स्थित दक्षिणगेट दशगजामा भारतीयको दादागिरी शैलीमा भारतीय पक्षले फालेको फोहोर नेपाल तिर फाल्न डोजर चलाएको छ । विराटनगर १६ दक्षिण गेट नजिक रहेको जंगेपिलरमा भारतीयले फालेको फोहोर नेपाल तिर फाल्न बिहीबार दिउँसो डोजर चलाएको थियो ।

सीमा क्षेत्रमा भारतीले डोजर चलाएको जानकारी पाएपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको टोलीले तत्काल रोकेको थियो ।

घटनास्थलमा प्रहरी टोली नपुगेको भए भारतीयले फालेको दशगजाको फोहरको ढंगुर नेपाल तिर फाल्ने र सडक सम्याएर जाने गरेको स्थानियको भनाई छ ।

दक्षिण गेट नजिक १८० नम्बरको जंगेपिलर नजिक सीमा क्षेत्रमा भारतको जोगवनी बजार क्षेत्रको फोहोर ट्याक्टर र ट्रकमा ल्याएर फाल्ने गरेका छन् । भारतीयले दैनिक ट्याक्टर र ट्रकमा ल्याएर फोहार फाल्दा यहाँका स्थानीय दुर्गन्धले हैरान भएका छन् । सीमावर्ती बजार जोगवनीको बजारबाट निस्किएको फोहोर गाडीमा हालेर दशगजा क्षेत्रमा फाल्दा विराटनगर १६ को हुलास मेटल चौक र दक्षिण गेटका स्थानीय दुर्गन्धले हैरानी व्यहोर्नु परेको उनीहरूको गुनासो छ ।

जोगवनीको बजार क्षेत्र, सडक तथा नालाबाट निकालेको फोहर गाडीमा ल्याएर दशजगा क्षेत्रमा फाल्ने गरिएको विराटनगर १६ का राजकुमार भुजेलले बताए । फालिएको फोहोर सडेर दुर्गन्धमय बन्दा पनि महानगरपालिका र स्थानीय प्रशानसले त्यसलाई रोक्न पहल नगरेको यहाँका स्थानियको गुनासो छ ।
दशगजामा फोहरको डंगुर हुँदा स्थानीय दुर्गन्ध र त्यसले पार्ने असरले प्रभावित भएका छन् । फोहरसँगै भारतीयहरुले मरेको जीवजन्तुहरू पनि ल्याएर दशगजा क्षेत्रमा ल्याएर फाल्ने गरेका छन् । मरेको जीवजन्तु दशगजा क्षेत्रमा फाल्लेर सडेर दुर्गन्धित हुन थालेपछि स्थानीयले सास फेर्न गाह्रो भएको गुनासो गरेका छन् ।

विराटनगर १६ को दक्षिण गेट साइटको दशगजा क्षेत्रमा भारतले करिब ५ सय मिटर क्षेत्रमा फोहर फाल्ने गरेका छन् । सो क्षेत्र अहिले जोगवनी बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेको छ । जोगवनी बजारको फोहर ट्याक्टर, ट्रक र ढेलामा ल्याएर दशगजा क्षेत्रमा दैनिक बिहान र साँझपख फाल्ने गरेको स्थानीय बताउँछन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दशगजा क्षेत्रमा फोहोर जन्य कुनैपनि वस्तु फाल्न र राख्न नपाइने बताए । बिहीबार दशगजा क्षेत्रमा डोजर जलाउन खोजेपछि प्रहरी टोली पठाएर रोक गरिएको उनले बताए । दुवै देशको सुरक्षा बैठकमा पनि यस विषयमा जानकारी गराउने आगमी दिनमा समस्या आउन नदिन पहल गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्