विराटनगर बजारमा हतियारधारी समुहद्वारा लुटपाट

<span class='c1'>विराटनगर बजारमा हतियारधारी</span> <span class='c2'>समुहद्वारा लुटपाट</span>

विराटनगरको मेनरोडमा आज दिउँसो बन्दुक देखाएर लुटेराको समुहले लुटपाट गरेको छ । वडा प्रहरी कार्यालयदेखि केहि मिटर दक्षिण पुर्वपट्टि जयदिप ईलेक्ट्रोनिकको छेउमा रहेको एक गार्मेन्टको पसलमा लुटपाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

मोटरसाईकलमा आएका तीन जनाको लुटेरा समुहले हतियार देखाएर लुटेको बताईएको छ । लुटपाटको क्रममा पेस्तोलको पछाडी पट्टिको भागले संचालक मनोज तोदीलाई हिर्काएको जानकारी प्राप्त भएको छ । लुटेराले ५० हजार रुपैयाँ लुटेको प्रारम्भिक जानकारी आए पनि के के लुटेर लगेको भन्ने यकिन विवरण आईसकेको छैन ।

पसल पछाडी गार्मेन्ट संचालित छ । सोहि गार्मेन्टको पसलमा लुटपाट भएको हो ।
तीन जनाको समुहका लुटेरा मध्ये दुई जना पसल भित्र पसेको थिए भने एक जना पसल अगाडी चुरोट खाएर बसिरहेका थिए । लुटपाट सकिएपछि बाहिर बसेको व्यक्तिले मोटरसाईकल चलाएको र बाँकि दुबै जना पछाडी बसेर भागेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

हाल घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ ।


आवर विराटनगरको टोली घटनास्थलमा उपस्थित रहेको छ र थप यकिन जानकारी प्राप्त भए पछि अपडेट गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्