बिराटनगर इन्टरनेशनल कलेजमा दशैं मेला, बिद्यार्थीका विभिन्न व्यापारिक स्टल

बिराटनगर इन्टरनेशनल कलेजमा दशैं मेला, बिद्यार्थीका विभिन्न व्यापारिक स्टल

बिराटनगर-६ भृकुटी मार्गस्थित बिराटनगर इन्टरनेशनल कलेजमा दशैं मेला कार्यक्रम आयोजना गरिएको छ । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिए (अनर्स) इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट कोर्ष संचालन गर्दै आएको कलेजमा आयोजित मेलामा बिद्यार्थीहरुले बिभिन्न व्यापारिक स्टल राखेका थिए । फुड स्टल, गेम स्टल लागयतका बिभिन्न स्टल राखी बिधार्थीहरुले आफ्नो सामान तथा सेवा आगन्तुकहरुलाई प्रदान गरेका थिए । साथै , बिभिन्न मनोरन्जनका कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कलेजमा हरेक बर्ष आयोजना हुने उक्त किसिमको कार्यक्रमको व्यस्थापन कलेजका बिधार्थीहरुले नै गरेको कलेजका बिजनेस डेभलपमेन्ट तथा अपरेशन प्रमुख बिबेक दाहालले बताए । कलेजमा रहेका विभिन्न क्लबले उक्त कार्यक्रम व्यस्थापन गरेका थिए । कलेजमा आयोजित उक्त कार्यक्रममा कलेजमा अध्यानरत ४ सय बढी बिद्यार्थी तथा अन्य आगन्तुक सहित ६ सय बढीले मेला अवलोकन गरेका थिए । कार्यक्रममा दशैँको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

यसबर्षबाट पुर्वमा पहिलो पटक इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट र आगामी बर्ष मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष संचालन गर्ने तयारीमा कलेज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्