सामर्थ्य समाज बिराटनगरको १० औं साधारण सभा सम्पन्न, फोटो फिचरसहित

सामर्थ्य समाज बिराटनगरको  १० औं साधारण सभा सम्पन्न, फोटो फिचरसहित

विराटनगर।

आकृति रानी फुयल।

लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुका बारेमा वकालत गर्दै आएको बिराटनगर स्थित सामर्थ्य समाजले हिजो आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साथै कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ कि अध्यक्ष पार्वता श्रेष्ठ , संस्थाका पुर्व अध्यक्ष बिमल बस्नेत ,वडा नम्बर ४ कि महिला वडा सदस्य सुशिला पोखरेल, सिबिआर बिराटनगरका प्रमुख नविन दहाल लगायत संस्थाका पदाधिकारी साथै साधारण सदस्यहरु को उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उप प्रमुख कार्कीले हिन्दुहरुको महान चाड बिजया दशमीको शुभकामना दिदैं अपाङ्गता भएका व्यक्तिहरु सपाङ्गको तुलनामा कुनै क्षेत्रमा कम छैनन् शरीरका अंग कमजोर हुन सक्छन् तर मन सबैले दह्रो बनाउनुपर्छ ,कसैले पनि आफ्नो आत्मबल कमजोर नबनाउनुस भन्ने कुरा गर्दै आगामी दिनहरुमा पनि यस संस्थालाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि महानगरपालिका,करुणा फाउन्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ बिराटनगर र सामाजिक बिकास मन्त्रालयको संयुक्त सहकार्यमा बिराटनगरका १९ वटै वडामा नि : शुल्क स्वास्थ्य शिविर संचालानन भैरहेको छ जहाँ अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिन सक्नुहुनेछ। अहिले ९ वटा वडामा शिविर सकिएको र ९ वटा वडाहरुमा शिविर हुन बाकि रहेका छन्। साथै उनले नव विवाहित दम्पतीहरुका लागि उनीहरुको भविष्यमा जन्मिने सन्तान अपाङ्गता हुनबाट बचाउनका लागि औषधिको समेत व्यवस्था रहेको छ।

कार्यक्रमको दोश्रो सत्र अर्थात बन्द सत्रमा संस्थाका कोषाध्यक्ष होमराज पराजुलीले संथाको वार्षिक आय व्ययका साथै वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

आवर विराटनगरसंग कुरा गर्दै संस्थाका अध्यक्ष चेतनाथ पोखरेलले उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि विराटनगर महानगरपालिकाकि उप प्रमुख इन्दिरा कार्कीले मैनबत्ति बालेर गर्नुभएको थियो भने कार्यक्रममा संस्थाको तर्फबाट स्वागत मन्तब्य संस्थाकी सक्रिय सदस्य बहिनि आकृति रानी फ़ुयलले राख्नुभएको थियो। त्यसैगरी पोखरेलले कार्यक्रममा उपस्थित हुनुभएका सबैजनालाई धन्यवाद दिदै कार्यक्रम विधिवत रुपले समापन भएको घोषणा गरे।

कार्यक्रम सहजकर्ता संस्थाका सदस्य राजु भट्टराईले विराटनगर ४ स्थित दाहाल प्रतिष्ठानको प्राङ्गढमा संस्थाले आफ्नो साधारण सभा सम्पन्न भएको र प्रतिष्ठान समितले कार्यक्रम गर्ने स्थान प्रदान गरेकोमा समितिलाई धन्यवाद समेत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्