भोजपुरमा आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्ने धम्कि दिने श्रीमान् पक्राउ

<span class='c1'>भोजपुरमा आफ्नै  श्रीमतीलाई भरुवा बन्दुक</span> <span class='c2'>ताकी मार्ने धम्कि दिने श्रीमान् पक्राउ</span>

विराटनगर।

आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटेबाट एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४६ बर्षीय सुजिल राई रहेका छन् ।

घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी हिजो राती सँवा ८ बजे उनले धाक धम्की दिएका थिए ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाएको थियो । घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाएको छ ।

साथै घटनस्थलबाट भरुवा बन्दुक, कोदालो सहित बरामद गरेको र यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्