जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

बर्लिन।

जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताउनुभयो । “कोरोना भाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिदैन,” उहाँले भन्नुभयो ।

उहाँले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिनुभयो । देशमै पहिलोपटक सरल्याण्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिवन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ ।

त्यसैगरी बाभारीया र बर्लिनमा पनि मास्क लगाउनुपर्ने लगायतका केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ । जर्मनीमा अहिले दैनिक औसतमा ३ सयका दरले कोरोना भाइरसबाट नयाँ सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्