विराटनगरमा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरिएको चुरोट फेला, तत्काल २० हजार जरिवाना र ७६० बट्टा जफत

विराटनगरमा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरिएको चुरोट फेला, तत्काल २० हजार जरिवाना र ७६० बट्टा जफत

विराटनगर । अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरी नक्कली चुरोट बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–४ को एउटा पसललाई संयुक्त बजार अनुगमन समितिले २० हजार रुपिँया जरिवाना गरेको छ । गोर्खालरी प्रा.लि.हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोटमा नक्कली अन्तःशुल्कको स्टिकर प्रयोग गरेको पाइएपछि कन्चनबारीको गुरुङ किराना पसलका सञ्चालक चन्द्र गुरुङलाई तत्काल जरिवाना गरिएको हो ।

गुरुङको पसलमा फेला परेको क्याप्टेन चुरोटमा गोर्खालरी प्रा.लि.को ठाउँमा गोर्खा लाहान प्रा.लि. लेखेको भेटिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेतृत्वको टोलिले शुक्रबार अनुगमनका क्रममा त्यस्तो फेला पारेपछि गुरुङको पसलबाट ७६० बट्टा चुरोट समेत जफत गरेको छ । अन्तःशुल्क छलेको आरोपमा चुरोट उत्पादक कम्पनिलाई आन्तरिक राजश्व कार्यालयले समेत थप अनुसन्धान सुरु गरेको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले कैफियत फेला पारेको चुरोटका सम्बन्धमा थप अनुसन्धान हुन भएको हो ।

वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार तत्काल बिलबिजक जारी नगरेको आरोपमा किसाना पसल सञ्चालकलाई जरिवाना भरिएको हो । बाँकी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालयले अनुसन्धान गरेपछि कैफियत ठहर भए बमोजिम कारवाही हुनेछ । नक्कली स्टिकर प्रयोग गरिएको चुरोटका सम्बन्धमा आन्तरिक राजश्व कार्यालयले मेशिन रिडेवल परीक्षण गर्दा त्यसको दर्ता फेला परेको थिए । थप अनुसन्धानका लागि राजश्व कार्यालयले सेम्पल परीक्षणको काम सुरु गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्