विराटनगर।
नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संघठन युवा संघ नेपाल कटहरि गाउँपालिका समितिद्वारा वडा दशैं , तिहार छठ तथा नेपाल सम्बत् को अवसरमा अग्रिम शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम युवा संघ नेपाल कटहरिका अध्यक्ष अरबिन्द कामतको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य महेश रेग्मी त्यसैगरी विसिष्ठ अतिथीमा नेकपा एकीकृत समाजवादी विराटनगर महानगर कमिटी अध्यक्ष पारुल क्षेत्री, नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला सह अध्यक्ष डा. उद्धव पोखरेल, अनेरास्ववियु केन्द्रिय सह अध्यक्ष वसिम आलम, युवा संघ नेपाल केन्द्रिय सदस्य बब्लु मिश्र , विराटनगर इन्चार्ज उदय यादब लगायत करिब ३०० कर्यकर्ताको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा पार्टीका नेताहरुले दशै तिहार छठ तथा नेपाल सम्बतको शुभकामना दिदै पार्टीले आगामी दिनमा सबै क्षेत्रका ब्यक्तिहरुलाइ समेट्दै सङ्गठन बिस्तारमा लागिपर्ने गरि लाग्न सबैलाई आग्रह गरेका थिए।
पार्टीले आगामी दिनमा गर्ने हरेक गतिविधिमा सक्रिय सहभागी हुन तथा पार्टीले तय गरेको कार्यदिशालाई इमानदारी साथ पूरा गर्नु पर्ने मा सबैको जोड थियो ।।।।