विराटनगरका होटल संचालक लागूऔषध सहित पक्राउ

<span class='c1'>विराटनगरका होटल संचालक लागूऔषध</span> <span class='c2'>सहित  पक्राउ</span>

विराटनगर।

बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह रहेका छन्।

सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट हिजो दिउसो ११ बजे प्रहरी टोली गई चेकजाँच गर्दा सो होटलबाट लागूऔषध डायालेक्स- डिसी १५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पस्मो - प्रोक्सी भोन २४ चक्की, स्पस -ट्रान कन प्लस ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो ।

लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्