विराटनगर।
सुनवर्षी नगरपालिका ९ डायनियामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा श्याम प्रसाद सिंहका ३ बर्षीय छोरा अजित सिंह रहेका छन्।
आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुईरहेको बेला खेल्ने क्रममा हिजो पौने १ बजे अचानक पोखरीमा डुबी घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।