केटी भगाएको आरोपमा पक्राउ परेका युवाको प्रहरी हिरासतमै मृत्यु

<span class='c1'>केटी भगाएको आरोपमा पक्राउ परेका</span> <span class='c2'>युवाको प्रहरी हिरासतमै मृत्यु</span>

विराटनगर ।

केटी भगाएको आरोपमा पक्राउ परेका युवाको हिरासतमै मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंहका–५ का हकिव मियाँको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका हुन् ।

थुनुवाको हिरासतमै मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय अगाडि स्थानीयले बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागी हुन अन्य स्थानबाट समेत मानिस थपिन थालेपछि अवस्था तनावग्रस्त बन्न नदिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीले भने उनले हिरासतमै आत्महत्या गरेको जनाएको छ । केही दिन अगाडि पक्राउ परेका मियाँले हिरासतमा पासो लगाएर आत्महत्या गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

इनरुवा–९ बबियाकी एक युवतीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र प्रहरीले पक्राउ गरेको थियो । उनलाई प्रहरीले नै मारेको आफन्तहरुले आरोप लगाएका छन् । हिरासतभित्र बाहिरबाट प्रहरीको अनुमति बिना कुनै सामग्री लैजान समेत नपाउने अवस्थामा ति युवकले कसरी डोरीमा पासो लगाउन सक्यो ? आफन्तको शङ्का छ ।

हकिवले हिरासतभित्र पासो लगाएर आत्महत्या नगरेको आफन्तको दाबी छ । उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्