मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा दुई स्थानीय घाइते

<span class='c1'>मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा</span> <span class='c2'>दुई स्थानीय  घाइते</span>

रुपन्देही

बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले बताए । साथै उनले घाइतेहरुलाई अस्पताल पठाउँदै गरेको पनि जानकारी दिए।

बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो । घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।

२०७२ सालमा मोतीपुरमा औधोगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेर सरकारले केही समयअघि शिलान्यास गरेको थियो । औधोगिक क्षेत्र निर्माणस्थलमा अतिक्रमण गरेर टहरा बनाएर बसेकाहरुलाई हटाउन खोज्दा झडप भएको डीआईजी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्