एक सयले घट्यो सुनको मूल्य

एक सयले घट्यो सुनको मूल्य

विराटनगर।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६ सय कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १ सय ५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २ सय ५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार १ सय ७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १ सय ८० मा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्