विराटनगर।
नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् ।
उनले मनोज गजुरेल अफिसियल फेसबुक पेजमा एक पोष्टमार्फत आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी लेख्दै आफ्नो दोश्रो विवाहका बारेमा जानकारी दिएका छन् । उनको ४ वर्ष अगाडि बिराटनगरकि मीना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो ।