सन्दिप लामिछाने भए आईसीसीको ‘प्लेयर अफ दि मन्थ’

सन्दिप लामिछाने भए आईसीसीको ‘प्लेयर  अफ दि मन्थ’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्लेअर अफ दी मन्थका रुपमा नेपालका सन्दीप लामिछाने चयन भएका छन् ।

आईसीसीले सेप्टेम्बर महिनाको प्लेअर अफ दि मन्थका लागि नेपालका सन्दीप लामिछानेका साथै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमदलाई मनोनयनमा राखि भोटिङ्ग खुलाएको थियो । त्यसको नतिजा अनुसार लामिछाने सेप्टेम्बर महिनाको प्लेअर अफ दी मन्थ छनौट भएका हुन् ।

उनले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका थिए । उनले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्