लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मङ्गलबार पाल्पामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रानाले यस प्रदेशका जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने बताउनुभयो ।
नेपाली कांग्रेस पाल्पाका सभापति समेत रहेका मन्त्री रानाले पाल्पामा विद्युतको समस्या हल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।उज्यालो पाल्पा बनाउने,सिद्धबाबाको सडकका खाल्डाखुल्डी पुरेर धुलोरहित बनाउन पहल गर्ने आस्वासन उहाँले दिनुभयो ।
नेपालमा राजनीतिक दलप्रति जनताको निराशा बढ्दै गएकाले कामका माध्यमबाट नागरिकको सो निराशा हटाउन आफूले सक्दो प्रयास गर्ने मन्त्री रानाले बताउनुभयो ।