नेपाल जारी साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाईनल प्रवेश गरेको हो ।
खेलको ९ औं मिनेटमा बंगलादेशले गोल गरेर खेलमा अग्रता लिएको थियो । त्यस पछि लगातार गोल फर्काउने संघर्ष गरेको नेपालले ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेको थियो । नेपालका लागि अन्जन विष्टले पेनाल्टी सुट हान्दा गोल गरेका हुन् ।
तस्विर: एन्फा