विराटनगर । विरानगर–१० जहदा रोडमा कारको ठक्करबाट दुईजना घाइते भएका छन् ।
आज बिहान ५ः३० बजे बा १३ च १४६५ नम्बरको कारले तरकारी बोकेको को १ स ४६७१ नम्बरको टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा रहेका जहदा–४ का दुईजना घाइते भएका हुन् । घाइतेको उपचार भईरहेको छ ।
कार चालक विराटनगर–७ का सुजल थापालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । थापा ओल्ड फेमिली रेष्टु–राँ एण्ड बारको सञ्चालक हुन् ।