विराटनगर–रंगेली पैदल निशान यात्रामा छ सय बढी सहभागी

विराटनगर–रंगेली पैदल निशान यात्रामा छ सय बढी सहभागी

विराटनगर । विराटनगरबाट रङ्गेलीसम्म आज महानवमी निशान यात्रा सुरु भएको छ । विराटनगर कालीमन्दिरबाट बिहान ७ः१५ बजे रङ्गेलीको कालीमन्दिरसम्मको यात्रा सुरु भएको हो । अहिले रामचौक कटेको छ ।

महानवमी निशान यात्रा गराउने परम्परा अनुसार आज विशेष यात्रा सुरु गरिएको हो । पाँच वर्षयता विराटनगरको काली मन्दिरबाटबाट सुरू भएको निशान यात्रा गत वर्ष रोकिएको थियो । तर, कोरोना महामारीको अवस्था सामान्य रहेका कारण तथा जनजीवन सामान्यउन्मुख भएकाले आज त्यसलाई निरन्तरता दिइएको हो ।

निशान पैदल यात्रा पाँच घण्टाको हुनेछ । पैदल यात्रामा सहभागी छ सय बढीको संख्याका भक्तजनहरुले २२ किलोमिटर हिँडेर रङ्गेलीस्थित काली मन्दिरमा पुगेर निशान यात्राको ध्वजा चढाउने छन् ।
आयोजक समितिका संयोजक मनोज अग्रवालका अनुसार अहिले निशान यात्रामा सहभागीहरुले उत्साहका साथ पैदल हिडिरहेका छन् । भक्तजनले पाँच घण्टाको हुने निशान यात्रालाई भव्यताका साथ सफल बनाईरहेको संयोजक अग्रवालले जानकारी दिनुभयो । यात्राका क्रममा १३ ठाउँमा पाँचदेखि १० मिनेट विश्राम लिईने छ ।

विराटनगर र रङ्गेलीबीचमा पर्ने पालिका कटहरी, जहदा, धनपालथानका प्रमुखले पालिकाको सिमाना कट्न लाग्दा एक पालिका प्रमुखले अर्को पालिका पालिका प्रमुखलाई निशान यात्राको ध्वजा हस्तान्तरण गर्दै आएका छन् ।
हामीलाई कटहरीले भव्य स्वागतसहित विदाई ग¥यो, संयोजक अग्रवालले भन्नुभयो–उत्साहका साथ बिहान १ बजे रंगेलीदेखि भक्तजन विराटनगरका लागि प्रस्थान गरेर ७ः १५ बजे त्यहाँबाट निशानसहित रंगेली फर्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्