मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम खरिदका लागि एनबिएस्सी

मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम खरिदका लागि एनबिएस्सी

विराटनगर । विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले आफ्नो दोश्रो शाखा सञ्चालनमा ल्याएको छ ।

विराटनगर–९ सिद्धार्थ चौक दक्षिण पुरानो शोरुमसँगै एन.बि.एस्सीले अर्को शाखा पनि सञ्चालनमा ल्याएको हो । यही असोज २६ गते फुलपातीका दिनबाट ‘भर्सन टु’ का रुपमा शोरुमको अर्को शाखा सञ्चालनमा आएको हो । नजिकिँदै गरेका विभिन्न चाडपर्व र इलेक्ट्रोनिक्सका सामानतर्फ ग्राहकहरुको बढ्दो आकर्षणलाई लक्षित गरेर शोरुम सञ्चालनमा ल्याईएको एन.बि.एस्सीका सञ्चालक अतहर अन्सारीले बताए । उनले पुरानो शोरुम पनि गतवर्ष साउन ५ गतेदेखि सञ्चालनमा ल्याईएको जानकारी दिए ।

शोरुममा स्यामसङ, हायर, लिफर, प्यानासोनिक, हाइसेन्स, स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरुको खरिदमा ५ देखि २० प्रतिशतसम्म छुट र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था समेत गरिएको छ । यस्तै अबको केहीदिनमै लक्की ड्र मार्फत आफ्ना ३ जना भाग्यशाली ग्राहकलाई सिङ्गापुर पठाउने योजना समेत अघि सारिएको शोरुमका सञ्चालक अन्सारीले बताए । ‘हामीले चाडपर्वलाई लक्षित उक्त योजना अघि सारेका हौंं’, उनले भने, ‘हाम्रो शोरुमबाट सामान खरिद गरेका मध्ये ३ जना भाग्यशाली ग्राहकले ३ दिन÷४ रातका लागि सिङ्गापुर जाने अवसर पाउने छन् ।’

आउँदै गरेको तिहार र छठपर्व लगायतका अन्य चाडपर्र्वलाई दृष्टिगत गर्दै शोरुमले एक्सचेन्ज अफर ल्याउने योजना समेत बनाएको छ । एन.बि.एस्सीको नयाँ शोरुम भने कुल ३० लाखको एकल लगानीमा सञ्चालनमा आएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्