थिमिको खाँः जात्रा भनेर चिनिने कुभिण्डेजात्रा सम्पन्न

थिमिको खाँः जात्रा भनेर चिनिने कुभिण्डेजात्रा सम्पन्न

दसैँको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने कुभिण्डेजात्रा (नेवार भाषामा खाँः भनेर चिनिने) घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भई आज सम्पन्न भएको छ ।

जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई एकादशीमा बाजागाजासाथ विगुल फुक्दै लायकू दरबारबाट दिगु भैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो ।

आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको सङ्लग्नतामा जात्रा सम्पत्र गरिएकोे हो ।

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा)ले कुभिण्डो काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिसमेतको काम गर्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्