पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राऊ

<span class='c1'>पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको</span> <span class='c2'>भन्दै भाउजूको हत्या गर्ने पक्राऊ</span>

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज पत्रकार सम्मेलन गर्दै बताउनुभयो ।

सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिङ्कुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि आफ्नी पत्नीको गर्भ तुहिएको भन्दै बडादसैँ चलिरहेकै बेला गत बिहीबार बिहान ३ बजेको समयमा भाउजू शिला सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भाउजूको ओछ्यानमै गएर तीन हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्