दसैँमा सात करोडको खसीबोकाको कारोबार

<span class='c1'>दसैँमा सात करोडको</span> <span class='c2'>खसीबोकाको कारोबार</span>

धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु सात करोड बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दसैँमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ ।

समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राईका अनुसार दसँै अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो । दसैँको मुखमा रु पाँच करोडको कारोबार भएको छ । धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो ।

उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ । किसानले बिहीबार नै खसीबोका ल्याउँछन् ।

शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ । “पछिल्लो समय कृषि फार्ममा बाख्रापाल्नेको सङ्ख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्”, व्यवस्थापक भट्टराईले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्