आज सोमबार एकैदिन सिन्धुपाल्चोकमा चार पटक भुकम्पको गएको छ ।
दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङताङलाई केन्द्रबिन्दु बनाई पहिलो भुकम्प महसुस गरिएको थियो । त्यसको १० मिनेट पछि १ बजेर ५६ मिनेटमा दोश्रो पटक पाङताङ नै केन्द्रबिन्दु बनाएर भुकम्प महसुस भएको थियो । यसै गरि पाङताङ नजिकै हगमलाई केन्द्रबिन्दु बनाएर ३ बजेर २० मिनेटमा तेस्रो पटक र त्यसको ३ मिनेट पछि ३ बजेर २३ मिनेटमा चौथो पटक भुकम्पको महसुस गरिएको थियो ।
आज गएको भुकम्पमा पहिलो र दोश्रो भुकम्प ४ दशमलव ७ म्याग्निच्युडको , तेस्रो ४ दशमलव १ म्याग्निच्युडको र चौथो ४ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
जनाएको छ ।
यस अघि आईतबार बिहान करिब ४ बजेर १० मिनेटमा पनि गोरखा आसपास भुकम्पको धक्का महसुस भएको थियो भने सिन्धुपाल्चोकमा गत ९ गते र १५ गते एक-एक र १६ गते एकै दिन दुई पराकम्प अनुभव गरिएको थियो ।