कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षमा उपचारतः थुनुवा फरार, खोज्न प्रहरी परिचालन

कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षमा उपचारतः थुनुवा फरार, खोज्न प्रहरी परिचालन

विराटनगर । मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेका एकजना थुनुवा कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षबाट फरार भएका छन् । सुनसरी बर्जु गाउँपालिका–२ का २८ वर्षीय शिवनाथ कामत आज दिउँसो १२ः३० बजेको समयमा कोसी अस्पतालको आकस्मिक कक्षको शौचालयबाट फरार भएका हुन् ।

उनलाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान भईरहेको समयमा पेट दुखेपछि अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । तीनदिन यता अस्पतालमा रहेका कामतलाई आजै डिस्जार्च गरेर प्रहरी हिसारतमा फर्काउने तयारी थियो । अस्पतालबाट हिरासत फर्काउनु अगाडी पीसीआर परीक्षण गर्न लैजाने भनेपछि उनी शौचालय छिरेका थिए ।

अस्पतालको आकस्मिक कक्षको शौचालयमा रहेको भेन्टिलेसनबाट कामत निस्केर फरार भएका थिए । उनलाई रुग्घ बसेका प्रहरीलाई झुक्याएर शौचालयको ढोका बन्द गरेर भेन्टिलेसनबाट निस्केको अनुमान गरिएको छ । प्रहरी उपरीक्षक जिसीले फरार भएका कामतको खोजी कार्य तिव्र पारिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्