मौसमी खराबीका कारण मंगलबार काठमाडौं–विराटनगर हवाई उडान प्रभावित

मौसमी खराबीका कारण मंगलबार काठमाडौं–विराटनगर हवाई उडान प्रभावित

विराटनगर । मौसमी खराबीका कारण मंगलबार काठमाडौं–विराटनगर हवाई उडान प्रभावित बनेको छ ।

हावाहुरी सहितको अविरल बर्षाका कारण हवाई उडान प्रभावित बनेको हो । मंगलबार विराटनगरबाट काठमाडौं उडान हुनुपर्ने २ वटा जहाजले उडान भर्न नसकेर विराटनगरमै रोकिए । बुद्ध एयरको १ र श्री एयरको १ जहाजले उडान भर्न नसकेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले बताए । उनले मंगलबार साँझ काठमाडाँैबाट विराटनगरतर्फ आउँदै गरेको सौर्य एयरको जहाज पनि बिचबाटै पुनः काठमाडौँ नै डाइभर्ट गर्नुपरेको जानकारी दिए ।

काठमाडौं बिराटनगरको २१ वटा उडानको तालिका छ । तर, मौसमी खराबीका कारण मंगलबार मात्र ७ वटा उडान भएको जनाईएको छ । मंगलबार दिनभरिमा भने सौर्यको २, बुद्धको २, यतिको १, गुणको १ र श्री एयरलाईन्सको १ जहाजले मात्र उडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्