सुनको मूल्य वृद्धि

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>वृद्धि</span>

कात्तिक ३ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु. ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु. ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु. ९० हजार ८०० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु. १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु. एक हजार २२५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासङ्घका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्