मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बस्दै

<span class='c1'>मन्त्रिपरिषद्को आकस्मिक बैठक</span> <span class='c2'>सिंहदरबारमा बस्दै</span>

कात्तिक ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो २ बजे बस्ने प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

आइतबारदेखि परेको अविरत वर्षाका कारण आएको बाढीपहिरोका कारण देशभर जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनेबारे आवश्यक निर्णय लिन प्रधानमन्त्री देउवाले बैठक बोलाउनुभएको स्वकीय सचिव देउवाले बताउनुभयो ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि देशभर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा ४८ जनाको मृत्यु भएको हो ।

बाढीपहिरोका कारण कालिकोटमा एक, बैतडीमा चार, डडेरधुरामा एक, डोटीमा नौ, हुम्लामा छ, प्यूठानमा एक, धनकुटामा छ, सुनसरीमा दुई, पाँचथरमा छ, इलाममा ११ र उदयपुरमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको गृहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्